सूर्यज्योति लाइफले बढायो नाफा, जीवन बीमा कोष रु. ३६ अर्ब माथि

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सूर्यज्योति लाइफले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.५१ प्रतिशतले बढेको छ। कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा जीवन बीमा कोषमा २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २२.२८ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३० करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.४६ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले यस अवधिमा २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.०६ प्रतिशतले बढेको छ। शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.२० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.९० रुपैयाँ थियो। पीई रेसियो ५४.७५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको छ।

समाचार सबै

संसद् अवरोधमा अर्को रेकर्ड, ५९ औं दिन पनि बाहिरिए रास्वपा र राप्रपा

बिमा खबर सबै

देश


राशिफल सबै

२९ साउन, काठमाडौं । सांसदले विशेष समयमा बोल्दाबोल्दै माइक काटिएपछि प्रतिनिधि सभामा सभामुख र विपक्षी सांसदहरुबीच झण्डै आधा घण्टा वा

धेरै कमेन्ट गरिएका

पर्यटन समाचार सबै

राजनीति सबै